Rule 14
तारेखमा राखी कारबाही गर्ने
(१) पुनरावेदन अदालतले ऐन तथा यस नियमावली बमोजिम निवेदन वा उजुरी दर्ता भएपछि निवेदक वा उजुरकर्तालाई र प्रतिवाद वा लिखित जवाफ दर्ता भएपछि विपक्षीलाई समेत तारेखमा राखी विवादको सुनुवाई गर्नेछ । त्यसरी अदालतले पक्षलाई तारेख तोक्दा के कामको लागि तारेख तोकिएको हो भन्ने कारण स्पष्ट खोली तारेख दिने र मिसिल संलग्न तारेख भर्पाईमा समेत सो व्यहोरा जनाई राख्नेछ ।
(२) अदालतले तोकेको तारेखको दिन निवेदक वा उजुरवाला उपस्थित नभै तारेख गुजारेमा पनि निजको कानून व्यवसायी उपस्थित भई उजुरी वा निवेदन उपर कारबाही चलाउन चाहेमा अदालतले सुनवाई र निर्णय गर्न बाधा पर्ने छैन ।
(३) अदालतले तोकेको म्याद वा तारेखको दिन कुनै पक्ष कावुभन्दा वाहिरको अवस्था परी अनुपस्थित भएमा बाटाका म्याद बाहेक सात दिनभित्र गुज्रेको म्याद वा तारेख थामी पाउँ भनी निवेदन गरेमा अदालतले एक पटकका लागि बढीमा सात दिन गुज्रेको म्याद वा
तारेख थामी दिन सक्नेछ ।
(४) अदालतले तोकेको तारेखको दिन पक्ष, निजको वारेस वा कानून व्यवसायी उपस्थित नभै तारेख गुजारी वसेको अवस्थामा थाम्न पाउने म्याद नाघे पछि त्यस्तो निवेदन वा उजुरी तामेलीमा राखिनेछ ।